दार्जिलिङमा ९७औं गिरी जयन्ती समारोह सम्पन्न

IMG-20241227-WA0243

दार्जीलिङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन सूचना एवं सांस्कृतिक विभाग अनि नेपाली अकादमीको संयुक्त आयोजनामा ९७ औं गिरी जयन्ती समारोह औपचारिक ढङ्गमा पालन गरियो।‌ स्थानीय लुइस जुब्लीस्थित कवि अगमसिंह गिरीको सालिग परिसरमा सम्पन्न जन्मजयन्ती समारोहका प्रमुख अतिथि जीटीए सभाका अध्यक्ष अञ्जुल चौहान उपस्थित थिए भने अन्य अतिथिहरूमा जोटीए सभाका उपाध्यक्ष राजेश चौहान, जीटीए सूचना एवं सांस्कृतिक विभागीय सभासद् अनोश थापा, दार्जीलिङ नगरपालिका अध्यक्ष दिपेन ठकुरी आदि उपस्थित थिए।

पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति शोक प्रकट गर्दै राष्ट्रिय झण्डा झुकाएर गरिए यता शुरु भएको समारोहबारे मिडियासित कुराकानी गर्दै सभासद् अनोश थापाले गिरी जयन्तीको उपलक्ष्यमा प्रदान गरिने ४ वटा पुरस्कारहरूबारे अवगत गराउँदै १३ जनवरी सिलगढीको दिन बन्धु रंगमञ्च भवनमा उक्त अलङ्करण कार्यक्रम हुने जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement