जाडोको मौसममा छालाको हेरचाह आवश्यक

Face

अहिले घरि कठ्याङ्ग्रिने जाडो शुरु भएको  छ। यस यस्तो जाडोको मौसमबाट जोगिन र छालाको स्याहार गर्न बढी आश्वायक हुन्छ। विज्ञहरूका अनुसार जाडोमा टाउकादेखि पैतालासम्मका सबै शरीर चिसोबाट प्रभावित हुन पुग्छन्, त्यसैले आवश्यक सतर्कता नअपनाए समस्या हुनसक्छ। जाडोको मौसममा हावामा आद्रता (ह्युमिडिटी) कम हुने भएकाले छाला बढी सुक्खा हुन्छ। हत्केला तथा पैतालामा तेल निकाल्ने ग्रन्थी एकदम कम हुन्छ। त्यसैले छालामा ओस प्रदान गर्ने चिल्लो कम हुँदा छाला सुक्खा हुन्छ। जाडोको  महिनामा विशेष गरी सुक्खा हावाको प्रभावले कपाल सुक्खा हुने, चुडिने र चायाँ पनि अत्यधिक पर्छ। शरीरको प्राकृतिक तेल कम भएर सुक्खापना आउनाले ले छाला सुन्निने, चिलाउने, पोल्ने, पानी फोका आउने, पाक्नेलगायत समस्या आउन सक्छन्। एटोपिक एक्जिमा हुनसक्छ, जसले छालामा एलर्जी गराउने हुन्छ। हात खुट्टाका औँला चिलाउने, सुन्निने समस्या चिल्बिलेन्स पनि बढी देखिन्छ। जाडोमा एलर्जीको समस्या पनि बढी देखिने चिकित्सकहरू बताउँछन्। एलर्जी बढ्नुको मुख्य कारण जाडोमा छाला फुट्ने र संक्रमण हुनु हो। जाडोमा सरसफाइको कमीले छालाको समस्या बढ्ने चिकित्सकहरुको भनाइ छ। जाडोको मौसममा कम नुहाउँछन्। कतिले लुगा फेर्न अल्छी गर्छन्। समय समयमा सिरक, ब्ल्यांकेट घाममा सुकाउँदैनन्। यसले गर्दा कतिपय रोग पनि आउनसक्छ।

जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुनसक्छ। जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ। जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन् भन्ने चिकित्सकहरूको भनाइ छ। जाडोमा छालाको स्याहार गर्न बेला बेलामा मोस्चराइजर लगाउनु नै सबैभन्दा राम्रो उपाय हुन्छ । चिसोमा जाँदा सकेसम्म अनुहार छोप्ने, बाइक चलाउँदा भाइजर लगाउने, मास्क, क्याप, पञ्जा, मोजा लगाउने गर्नुपर्छ। नुहाउँदा मनतातो पानीमा नुहाउनुपर्छ। नुहाइसकेपछि अलि अलि भिजेको छालामा नरिवलको तेल, जैतुनको तेल वा भ्यासलिन जे उपलब्ध छ, त्यो लगाउनु उपयुक्त हुन्छ। नियमित व्यायाम तथा पौष्टिक आहारले पनि छाला स्वस्थ्य राख्न मद्दत पुर्‍याउँछ। छाला राम्रो बनाउन पानी तथा फलफूल प्रशस्त खानु पर्छ। बढी मात्रामा पानी पिउनु राम्रो हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement