११औं मिलन मोड़ गोल्ड कपः रोमाञ्चक जीतको साथ क्वार्टर fफाइनलमा पुग्यो दार्जीलिङ पुलिस

IMG-20241227-WA0208

सिलगढ़ी: मधुर मिलन संघ, मिलन मोड़को तत्त्वावधानमा आयोजित ११औं मिलन मोड़ गोल्ड कप फूटबल टुर्नामेण्टमा दार्जीलिङ पुलिसले रोमाञ्चक जीतको साथ क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। स्थानीय खेल मैदानमा शुक्रवार भएको म्याचमा दार्जीलिङ पुलिसले क्याप्टन न्यौपाने फूटबल एकाडमी (सीएनएफए) विरुद्ध पेनल्टी शूटआउटमा ४-२-ले जीत हासिल गऱ्यो। एक समय २ गोल ले पछि रहे पनि दार्जीलिङ पुलिसले असाधारण पुनरागमन गर्दै म्याच जित्यो। नियमित समयको खेलमा स्कोर २-२-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा सीएनएफए बाट सन्दीप साईबो ले पाँचौं मिनट र १९औं मिनटमा २ गोल गरे। यसरी दार्जीलिङ पुलिसबाट वांगचुक तामाङले २५औं र प्रबीक घिसिंगले ५१औं मिनटमा गोल गरे। विजेता टीमका प्रबीक घिसिंग ले प्लेयर अव् द म्याचको पुरस्कार जिते। यस प्रतिष्ठित टुर्नामेण्टको ११औं संस्करणमा जम्मा १६ वटा नामी-दामी टीमहरूले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल १२ जनवरी २०२५-मा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई रुद्रलाल अधिकारी र कृष्ण कुमारी भण्डारी स्मृति विनर्स ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

यसरी रनरअप् हुने टीमलाई शोभन सिंह खेरवार र तुलसी प्रसाद शर्मा स्मृति रनरअप् ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। बिहीवार कुनै म्याच छैन। शनिवार खेलिने म्याचमा आमुक्त परिवार र जर्जियन फूटबल क्लबबीच भिड़न्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement