दक्षिण कोरियामा कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग

0-1-Haan-Duck-So-South-Korea

सियोल: दक्षिण कोरिया फेरि एक पटक राजनीतिक अस्थिरताको अवस्थामा प्रवेश गरेको छ। एक महिनाभित्र देशमा दोस्रो पटक महाभियोग चल्ने भएको छ। दक्षिण कोरियाको विपक्षी दलहरूको नियन्त्रणमा रहेको संसदले कार्यवाहक राष्ट्रपति हान डक-सूविरुद्ध महाभियोग प्रस्तावको पक्षमा मतदान गरेको छ। शुक्रबार संसदले महाभियोग प्रस्तावलाई स्वीकृति दिएको छ। प्रस्तावको पक्षमा १९२ मत खसेको थियो भने विरोधमा कुनै पनि मत परेको थिएन, किनकि सत्तारूढ पार्टीका सांसदहरूले मतदानको बहिष्कार गरेका थिए। दक्षिण कोरियाको दोस्रो वरिष्ठ अधिकारी हान, राष्ट्रपति यून सुक योलविरुद्ध यसै महिनाको सुरुवातमा संसदले महाभियोग चलाएपछि कार्यवाहक राष्ट्रपति बनेका थिए। राष्ट्रपति योनले अल्पकालीन ‘मार्शल ल’ लागू गरेका थिए, जसका कारण उनलाई महाभियोगको सामना गर्नुपरेको हो। हानको महाभियोगले दक्षिण कोरियाको राजनीतिक संकट अझ गहिरो बनाएको छ। यसअघि, दक्षिण कोरियाको भ्रष्टाचार निरोधक अनुसन्धान निकायले पूर्व राष्ट्रपति यून सुक योललाई मार्शल ल लागू गर्ने मामिलामा यस सप्ताहान्त सोधपुछका लागि बोलाएको छ। उच्च अधिकारीहरूको लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ) ले यूनलाई आइतबार बिहान १० बजे सियोलको दक्षिणमा रहेको ग्वाचेनस्थित कार्यालयमा उपस्थित हुन आदेश दिएको छ। यो सीआईओको तेस्रो समन हो। यसअघि यूनले दुई समनलाई बेवास्ता गरेका थिए, जसमध्ये एक क्रिसमसको दिनका लागि थियो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको समाचारनुसार, सीआईओले पुलिस र रक्षा मन्त्रालयको अनुसन्धान इकाइसँग मिलेर ती आरोपहरूको छानबिन गरेको छ, जसमा भनिएको छ कि योनले मार्शल ल घोषणा गरेर विद्रोहलाई उक्साए र आफ्नो शक्तिको दुरुपयोग गरे। याद गरौँ, राष्ट्रपति यूनले ३ दिसम्बरको रातमा दक्षिण कोरियामा आपतकालीन मार्शल ल घोषणा गरेका थिए। तर, संसदले यसविरुद्ध मतदान गरेपछि बुधबार उक्त निर्णय रद्द गरिएको थियो। मार्शल ल केही घण्टामात्र लागू भएको थियो। यद्यपि, केही घण्टाका लागि लागू भएको यो कदमले देशको राजनीतिलाई हल्लाइदिएको छ। नेशनल एसेम्बली १४ दिसम्बरमा राष्ट्रपति यून सुक-योलविरुद्ध महाभियोग प्रस्ताव पारित गरेको थियो। यो प्रस्ताव ३ दिसम्बरको रातमा मार्शल ल लागू गरेबापत ल्याइएको थियो। अब सबैको ध्यान संवैधानिक अदालतमा केन्द्रित छ, जसले राष्ट्रपति यून सुक-योलको महाभियोगमा अन्तिम निर्णय दिनेछ। यूनको स्थानमा प्रधानमन्त्री हान डक-सूले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी सम्हालिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement