मुम्बई: अल्लू अर्जुन र रश्मिका मन्धानाको फिल्म ‘पुष्पा २’ ले बक्स अफिसमा तहल्का मच्चाएको छ। यो फिल्मले २१ दिनमै विश्वव्यापी रूपमा १७०० करोडभन्दा बढी रुपियाँको कमाइ गरेको छ। यद्यपि, यो फिल्म बाहुबली २ को कमाइको नजिक पुग्न सकेको छैन। २२औँ दिनसम्म ‘पुष्पा २’ को घरेलु बक्स अफिस कलेक्सन १११९.२० करोड रुपियाँ पुगेको छ। ‘पुष्पा २’ संसारभर सबैभन्दा धेरै कमाइ गर्ने फिल्महरूको सूचीमा शीर्ष स्थान हासिल गर्ने दौडमा छ। यसलाई बाहुबली २ को वर्ल्डवाइड कलेक्सनलाई पार गर्ने अपेक्षा गरिएको छ। बाहुबली २: द कन्क्लूजनले विश्वभर १७८८.८ करोड रुपियाँ कमाएको थियो। २१ दिनमा ‘पुष्पा २’ को कलेक्सन १७५ करोड रुपियाँमा पुगेको छ। ‘पुष्पा २’ २०२४ को सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न सफल भएको छ। अब यो फिल्मले अन्य ब्लकबस्टर फिल्महरूसँग प्रतिस्पर्धा गर्दैछ। दंगल अहिलेसम्म संसारको सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्म हो, जसको टर्नओभर लगभग २०२४.६ करोड रुपैयाँ थियो। अब ‘पुष्पा २’ ले यो रेकर्ड तोड्न सक्छ कि सक्दैन, त्यो हेर्न बाँकी छ। फिल्मको कलेक्सनको गति अहिले अलि सुस्त देखिएको छ। तर व्यापार विश्लेषकहरूका अनुसार यो रेकर्ड तोड्न गाह्रो हुनेछ। ‘पुष्पा २’ ले रिलिजको २२औँ दिनमा घरेलु बक्स अफिसमा ९६ लाख रुपियाँ कमाएको छ। भारतमा यो फिल्मको कुल कमाइ १११९.२ करोड रुपियाँ पुगेको छ। फिल्म अहिले वरुण धवनको ‘बेबी जोन’सँग सिनेमा हलमा प्रतिस्पर्धा गर्दैछ। तर ‘बेबी जोन’ को रेटिङ त्यति राम्रो छैन। फिल्मको दोस्रो दिनको कलेक्सन ६० प्रतिशतले घटेको थियो।