कोहिनूर भवनलाई भत्काउने निर्णयको व्यापारीहरूले गरे विरोध

IMG-20241227-WA0149-1

जलपाईगढी: कोहिनूर भवनलाई भत्काउने निर्णयको विरोध त्यहाँ व्यवसाय गरिरहेका व्यापारीहरूले गर्न थालेका छन्। जलपाईगढीमा प्रमोटर शासन शुरु भएको उनीहरूको भनाइ छ। यसको लागि नगरपालिकाले सहयोग गरिरहेको आरोप लगाउँदै व्यापारीहरूले विरोध जनाएका छन्। जलपाईगढी नगर परिषदले जीर्ण अवस्थाम रहेको कोहिनूर भवनलाई भत्काउने निर्णय गरेको छ, र भवन भत्काउने काम शुरु भइसकेको छ। नगरपालिकाले शुक्रबार जलपाईगढीको थाना रोड क्षेत्रमा रहेको कोहिनूर भवनलाई आंशिक रूपमा ध्वस्त गर्न शुरु गरेको छ। यस सम्बन्धमा उपाध्यक्ष सैकत चट्टोपाध्यायले भने, ‘पहिले नै सूचना दिइएको थियो, जसपछि निर्णय लिएर नगर निगमले यो काम गरिरहेको छ।‘ तर व्यापारीहरूले भने आफूहरूलाई कुनै पनि सूचना प्राप्त नभएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement