सिलगढी: लागूऔषध तस्करी रोक्न एसएसबीको अभियान जारी छ। नक्सलबारीको रथखोला मोडबाट तस्करी गर्नुअघि लागुऔषधसहित एक जना पक्राउ परेका छन्। एसएसबीले २०५ ग्राम मोर्फिन बरामद गरेको छ। पक्राउ पर्नेको नाम सानिवाल शेख हो, जो मालदा जिल्लाको कालियाचकका बासिन्दा बताइएको छ। एसियाली राजमार्गमा नक्सलबारीको रथखोला चोकमा गस्ती गर्ने क्रममा एसएसबी न० ४१ गणका जवानले शंकास्पद व्यक्तिलाई पक्राउ गरी खोजी गर्दा उनको साथबाट २०५ ग्राम मोर्फिन बरामद भएको छ। एसएसबी स्रोतका अनुसार, पक्रा पर्ने मालदाबाट मोर्फिन ल्याउन नक्सलबारीको रथखोला मोडमा वेटिंग हलमा कसैलाई पर्खिरहेका थिए। पछि एसएसबीले पक्राउ परेका व्यक्तिलाई नक्सलबारी पुलिसलाई बुझायो। अभियुक्तलाई आज सिलगढी उप-विभागीय अदालतमा पेश गरिएको थियो। पुलिसले पक्रा परेका व्यक्तिलाई हिरासतमा लिएर घटनाको सम्पूर्ण अनुसन्धान थाल्ने छ।