खरसाङमा‌ जातीय कवि अगमसिंह गिरीको जन्म जयन्ती समारोह सम्पन्न

IMG-20241227-WA0184

खरसाङ: गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा खरसाङको पंखाबारी रोडस्थित गोर्खा जातीय विभूति उद्यानमा‌ जातीय कवि अगमसिंह गिरीको ९८औं जन्म जयन्ती समारोह सम्पन्न भएको छ। गोर्खा जनपुस्तकालय खरसाङको वर्तमान सभापति रबीनकुमार प्रधानको अध्यक्षता र वरिष्ठ साहित्यकार जीबी बलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सभासद श्याम शेर्पा, नेपाली भाषा परामर्श समितिको सदस्या आशा मुखिया लामा, समाजसेवी तिलक शर्मा, आकाशवाणी खरसाङको कार्यक्रम प्रमुख पारसचन्द्र आले, एलडी मोक्तान आदि उपस्थित रहेका थिए। पुस्तकालयको उपाध्यक्ष प्रकाश प्रधानको सञ्चालनमा सम्पन्न कार्यक्रममा स्वागत सम्भाषण साथै जातीय कवि अगमसिंह गिरीको परिचयात्मक टिप्पणी साहित्यकार ऋषि राईले राखेका थिए। पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको‌ निधनमा मौन धारण गरेर थालिएको कार्यक्रममा‌ पुस्तकालयको आयोजानामा हुने मासिक साहित्यिक कार्यक्रम ‘सुनौ सुनाऔँ’ ५२औं प्रकरण पनि सम्पन्न भएको छ। उक्त प्रकरण कवि अगमसिंह गिरीमाथि समर्पित गर्दै गिरीद्वारा लिखित कविताहरु वाचन गरिएको थियो। यस साहित्यिक कार्यक्रमलाई संयोजक सञ्जीव छेत्रीले‌ सञ्चालन गरेका थिए। यस क्रममा कविहरु क्रमैले रचना अनाकर, दिपक ठटाल जलन, गोमा सुब्बा, आशा मुखिया लामाले कवि अगमसिंह गिरीको कविताहरु वाचन गरेका थिए। कार्यक्रमलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार जीबी बलले जातीय कवि अगमसिंह गिरीसित सम्बन्धित कतिपय जानकारीहरु राखेका थिए। त्यसरी नै सभाध्यक्ष रबीनकुमार प्रधानले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै कवि अगमसिंह गिरी विषयमा वक्तव्य राखेका थिए।

कार्यक्रममा धन्यवाद ज्ञापन प्रितमकुमार छेत्रीले‌ गरेका थिए। खरसाङमा‌ आयोजित गिरी जयन्ती विषयमा पत्रकारहरुसित कुराकानी गर्दै सुनौँ सुनाऔँका संयोजक सञ्जीव छेत्रीले विस्तृत रुपमा जानकारी गराउँदै पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको‌ निधनमा ७ दिनको राष्ट्रिय शोकको रहेकोले पूर्व घोषित कार्यक्रम नभएर सामान्य रुपमा गिरी जयन्ती समारोह सम्पन्न भएको बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement