सिलगढी: सिलगढीको वार्ड नम्बर २५ मिलनपल्लीमा रहेको एउटा घरमा आगलागी भएको छ। वार्ड न० २५ को मिलनपल्ली क्षेत्रमा शुक्रबार दिउँसो आगलागी हुँदा सनसनी मच्चिएको छ। घरमा ताला लगाएर घरधनी कामको सिलसिलामा घरबाहिर निस्केका थिए, त्यही समयमा दिउँसो १२ बजेतिर छिमेकीले लिफ्टमा अचानक आगो लागेको देखेर दमकललाई खबर गरे।

सूचना प्राप्त हुनासाथ सिलगढी दमकलको दुई वटा गाडी घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लियो। दिउँसो आगो लागेपछि नजिकैका धेरै मानिसहरू आगो फैलिन सक्ने भएकाले डराएको सिलगढी फायर ब्रिगेडले जनाएको छ। घरधनी घरमा ताला लगाएर दुई दिनदेखि बाहिर निस्केका छन्। त्यसैले घर भित्र पस्न ढोका तोड्नुपर्यो। अहिले आगो नियन्त्रणमा