जलपाईगढी: जलपाईगढी जिल्लाको मैनागढीको चारेर बाडी क्षेत्रमा अजिङ्गरको भिडियो बनाउनु एक माध्यमिक विद्यालयका विद्यार्थीलाई महँगो साबित भयोl किनकि उनलाई डस्यो र अस्पतालमा भर्ना गरियो। अजिङ्गर समातेको भिडियो बनाउने क्रममा १६ वर्षीय माध्यमिक विद्यार्थी घाइते भएका छन्। घाइते युवकको नाम प्रदीप मण्डल रहेको छ। उनलाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको छ। समाचारअनुसार, बिहीबार बिहान मैनागढीको चारेर बाडी क्षेत्रको एक घरमा अजिङ्गर पसेको थियो। खबर सुन्ने बित्तिकै प्रदीप त्यो घर पुगे। तर, त्यतिन्जेल पर्यावरणीय संस्थाका सदस्यहरू पनि त्यहाँ पुगिसकेका थिए। अजिङ्गरलाई समात्ने योजना बनाइएको थियो। तर यसैबीच प्रदीपले अजिङ्गरलाई समातेर भिडियो बनाउन खोजे। त्यही क्रममा अजिङ्गरले उनलाई डस्यो। पर्यावरणविदहरूले अजिङ्गरलाई समाते अनि प्रदीपलाई अस्पताल पुर्याए। मैनागढीको पर्यावरणप्रेमी संगठनका सचिव नन्दु रोयले तालिम नलिई सर्प समात्ने र युट्युबमा भिडियो खिच्ने क्रममा सर्पको टोकाइबाट धेरैको ज्यान गएको बताए। ‘आज पनि अवस्था लगभग उस्तै थियो। हामीले अजिङ्गरलाई पक्रेर वन विभागलाई बुझाएका छौं’, उनले भने।