पाँच वस्तुले बढायो नेपालको निर्यात व्यापार

IMG-20241227-WA0175

काठमाण्डू :चालु आर्थिक वर्ष २०२४/२५ को पाँच महिनामा नेपालबाट हुने निर्यातमा झन्डै १७ प्रतिशतले वृद्धि भएको छ। अन्य महिनामा घट्दै गएको निर्यात व्यापार दिसम्बरमहिनामा आएर ह्वात्तै बढेको भन्सार विभागको तथ्याङ्कले देखाएको छ।
यसरी निर्यात व्यापार बढाउने पाँच वस्तु छन्। ती हुन्: सोयाबिन तेल, अलैँची, सूर्यमुखी तेल, कार्पेट र चिया। यिनै वस्तुका कारण समग्र निर्यात व्यापार बढेको हो।
पाँच महिनामा निर्यात १६.५४ प्रतिशतले बढेर ७३ अर्ब ६५ करोड ९७ लाख रुपियाँको निर्यात भएको तथ्याङ्क छ। नवंबरसम्मको तुलनामा दिसम्बरमा २१ अर्ब रुपियाँले बढेको छ। नवंबरसम्म ५२ अर्ब ६७ करोड ७१ लाख रुपियाँको निर्यात भएको थियो।
निर्यात भएका वस्तुमध्ये पहिलो नम्बरमा सोयाबिन तेल रहेको छ। पाँच महिनाको अवधिमा ८ अर्ब ३६ करोड ८१ लाखको सोयाबिन तेल भारत निर्यात भएको छ। व्यवसायीले तेस्रो देशबाट सोयाबिनको कच्चा पदार्थ आयात गरी नेपालमा ल्याएर रिफाइन गरेर भारत निर्यात गर्छन्। भारतले तेल आयातको भन्सार बढाएपछि व्यवसायी स्वदेशमा भन्दा निर्यातमा केन्द्रित छन्।
नेपालबाट निर्यात हुने दोस्रोमा अलैँचीको निर्यात ३ अर्ब ४५ करोड ६३ लाख रुपियाँको भएको छ। तेस्रोमा नम्बरमा रहेको सूर्यमुखी तेलको निर्यात २ अर्ब ९७ लाख ६१ करोड रुपियाँको निर्यात भएको छ। सूर्यमुखी तेल पनि विशेष गरी भारत निर्यात भएको छ। यस्तै पाँच महिनामा २ अर्ब ८३ करोड ५४ लाखको कार्पेट निर्यात भएको छ। यस अवधिमा २ अर्ब ५६ करोड ९५ लाखको चिया निर्यात भएको छ। चिया भारतमै निर्यात भएको छ।
भारतबाहेक युरोप र अमेरिकी देशमा नेपाली अर्थोडक्स चियाको माग पनि उत्तिकै छ। पाँच महिनामा २ अर्ब ३९ करोड ७४ लाखको धागो, २ अर्ब १० करोड ७६ लाखको स्टिल तथा आइरन निर्यात भएको छ। २ अर्ब ३ करोड ८३ लाखको जुस र २ अर्ब २ करोड ६९ लाखको जुट पनि निर्यात भएको छ। व्यापारविज्ञ रविशङ्कर सैजु सोयाबिन तेलको निर्यात बढेर कुल निर्यातमा वृद्धि भए पनि दीर्घकालीन नहुने बताउछन्। “व्यवसायीले बाहिरी देशबाट कच्चा तेल ल्याएर प्याकेजिङ गरेर सिधै पठाउने गर्छन्,” उनले भने, “यसले नेपालमा भ्यालुएड पनि कम हुने र रोजगारी सिर्जना नहुने हुँदा निर्यातमा सकारात्मक प्रभाव देखिँदैन।” निर्यात बढाउन कच्चा आयात गरेर भन्दा पनि स्वदेशी उत्पादन बढाएर निर्यात बढाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ।
भारतले गत सिम्बर ३बाट लागु हुने गरी कच्चा र प्रशोधित खाद्य तेलमा आधारभूत भन्सार कर २० प्रतिशतले बढाएको थियो। नेपालमा ३० प्रतिशत मूल्य अभिवृद्धिसहित उत्पादन भएको वस्तुले भारतीय बजारमा भन्साररहित प्रवेश पाउँछन्। सोही सुविधाको फाइदा उठाउँदै तेल उद्योगीले स्वदेशमा भन्दा भारततर्फ बिक्री केन्द्रित गरेका छन्, जसले गर्दा निर्यात बढेको उहाँको भनाइ छ।
चालु आर्थिक वर्षको पाँच महिनामा ४ अर्ब ९६ करोड ३३ लाख रुपियाँ बराबरको २ लाख ४६ हजार ४०४ वर्ग मिटर गलैँचा निर्यात भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement