उत्तर दिनाजपुर: उत्तर दिनाजपुरको दलखोला पुलिसले भरुवा बन्दुकसहित दुई जनालाई पक्राउ गरेको छ। पुलिस स्रोतका अनुसार, दालखोला पुलिस चौकी क्षेत्रमा लुटपाट गर्ने उद्देश्यले भेला भएका थिए। पुलिसले गोप्य सूचना पाएर छापा मारेर दुई जनलाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। एक चार चक्के र नम्बर नभएको मोटरसाइकल नियन्त्रणमा लिएको छ। पुलिसले दुवैलाई शुक्रबार इस्लामपुर महकुमा अदालतमा पेश गर्यो। पुलिसले घटनाको अनुसन्धान शुरु गरेको छ।