आमा योजना कार्यन्वयनलाई लिएर अभिमुखी कार्यक्रम सम्पन्न

गान्तोक: महिला एवम वाल विकास विभागको पहलमा आज सोरेङ जिल्लामा जिल्ला अधिकारी, क्षेत्रिय कार्यकर्ताहरूलाई लिएऱ आमा सशक्तिकरण योजनामाथि एक दिवसीय अभिमुखी कार्यक्रम आयोजना गरियो। सोरेङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित यस कार्यक्रममा सोरेङ जिल्लाका जिल्लापाल भीम ठटाल, अतिरिक्त जिल्लापाल धिरज सुवेदी, महकुमा अधिकारी गायस पेगा लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल ठटालले यस योजनाको सफलतापूर्वक सुरुवात गर्दै लाभग्राहीहरूका लागि योजनालाई सक्रिय रूपमा कार्यन्वयन गरेकोमा सरकार र विभागलाई बधाई तथा प्रशंसा गरे। उनले अधिकारीहरूलाई जिम्मेवारीपूर्वक वास्तविक लाभार्थीहरूको पहिचान गर्न र योजनाको सही कार्यान्वयनको लागि तृणमूल स्तरका कर्मचारीहरूसँग मिलेर काम गर्ने आग्रह गरे।यसका साथै उनले जिल्ला प्रशासनले आवश्यक परेको खण्डमा सबै प्रकारको सहयोग उपलब्ध गराउने पनि उनले आश्वासन दिए। यस अवसरमा विभागका संयुक्त सचिव खेमराज भट्टराईले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा उक्त योजनाबारे विस्तृतरूपमा जानकारी गराए। यस योजना अन्तर्गत प्रत्येक गरिबीरेखा मुनिका आमाहरूलाई प्रतिवर्ष २० हजार गरेर सरकारले प्रदान गर्न जानकारी गराए। उक्त राशि दुइ चरणमा पुरा गरिने र स्टेट व्याङ्क अफ् सिक्किममा खोलिएको एकाउन्टमा जम्मा गरिने अवगत गराए। यसको निम्ति सम्वन्धित अधिकारीवर्गले लाभार्थीहरूलाई चयन गरिनु पर्ने सही लाभार्थीहरूले पाउनु पर्ने सुझाउ दिए। कार्यक्रममा सहभागीहरूसँग उक्त योजनालाई लिएर अन्तक्रिया सत्र पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement