धनगढ़ी: धनगढीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-३ को लक्ष्मी नर्सरी नजिकै सुदूरपश्चिम प्रदेश ०१-०१२ प ७११ नम्बरको मोटरसाइकललाई सुदूरपश्चिम प्रदेश ०१-२९४१६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिँदा बाजुराको बडिमालिका नगरपालिका-७ का धर्म खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।