रेलिंग च्याम्पियन्स ट्रफीको पाँचौं सीजन ३१ दिसम्बरदेखि शुरु हुने

IMG-20241227-WA0099

दार्जीलिङ: रेलिंग युनाइटेड एसोसिएशनको तत्त्वावधानमा रेलिंग च्याम्पियन्स ट्रफी फूटबल टुर्नामेण्टको पाँचौं सीजन ३१ दिसम्बरदेखि शुरु हुनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा नामी-दामी टीमहरूलाई प्रवेश दिइएको छ। दुईवटा सेमिफाइनल २१ र २२ जनवरीमा खेलिनेछ। यसरी नै फाइनल २५ जनवरीमा हुनेछ। मंगलवार खेलिने उद्घाटन म्याचमा संकटा फूटबल क्लब (दार्जीलिङ) र चाइल्डहुड फूटबल क्लबबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड नक्आउट टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा सेमिफाइनलमा हार्ने दुवै टीमलाई ५०-५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement