कोहली र रोहितको विशेष सूचीमा सामेल भए बाबर आजम

IMG-20241226-WA0229

सेञ्चुरियन (दक्षिण अफ्रिका): पाकिस्तानका स्टार ब्याटर बाबर आजम सेञ्चुरियनमा दक्षिण अफ्रिकाविरुद्ध जारी पहिलो टेस्ट म्याचको अवधि खेलको तीनैवटा प्रारूप (टेस्ट, वनडे र टी२० इण्टरनेशनल)-मा ४ हजार भन्दा अधिक रन बनाउने तेस्रो क्रिकेटर बने। ईंग्ल्याण्डविरुद्ध घरेलु टेस्ट सीरीजको अवधि टीमबाट बाहिर गरिएका बाबरले दक्षिण अफ्रिकाविरुद्ध बिहीवारदेखि शुरु पहिलो टेस्ट म्याचमा खेल्ने मौका पाए। बाबरको निम्ति बिहीवार तीतो-मिठो अनुभव रह्यो कारण टेस्ट टीममा फेरि स्थान बनाए पनि उनी पहिलो ईनिंग्समा केवल ४ रन बनाएर आउट भए। यसरी केवल ४ रनमै आउट भए पनि बाबरले आज एउटा महत्त्वपूर्ण उपलब्धि हासिल गरे। बाबर अन्तर्राष्ट्रिय क्रिकेटमा तीनैवटा प्रारूपमा ४ हजार रन बनाउने तेस्रो क्रिकेटर बनेका छन्। यसभन्दा अघि भारतका विराट कोहली र रोहित शर्माले यस उपलब्धिलाई हासिल गरेका थिए। बाबरलाई यस उपलब्धिसम्म पुग्न केवल ३ टेस्ट रनको आवश्यकता थियो। बाबरले आफ्नो टेस्ट करियरमा ५६ वटा म्याचमा ४३.४९ को औसतले ९ वटा शतक र २६ वटा अर्द्धशतकको साथ ४००१ रन बनाइसकेका छन्। यसरी ३० वर्षीय ब्याटरले १२३ वटा वनडे म्याचमा ५९५७ रन बनाएका छन्। बाबरले १२८ वटा टी२० अन्तर्राष्ट्रिय म्याचमा ४२२३ रन बनाएका छन्। आज दक्षिण अफ्रिकाविरुद्ध पहिलो टेस्ट म्याचमा पाकिस्तानको पहिलो ईनिंग्स केवल २११ रनमा समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement