कोलकाता: आज क्याबिनेट बैठकपछि अलीपुर चिडियाखाना छेउ एउटा बिग बजार निर्माण गर्ने मुख्यमन्त्री ममता ब्यानर्जीले बताएकी छन्।
यस प्रोजेक्टले शहरको विकास हुनुका साथै स्वयं सहायता समूह र स्थानीय व्यवसायहरूलाई पनि फाइदा पुग्ने बताइन्।
मुख्यमन्त्रीले भनिन्, अलीपुर चिडियाखाना छेउ एउटा ठाउॅं छ, जहॉं पहिला एक्वेरियम थियो। एक्वेरियम त्यही रहनेछ, तर त्यस स्थानमा एउटा बिग बजार पनि बनाइने छ। यस बहुतले भवनको एक भाग लेदर हबको निम्ति र अर्को भाग बंगालको साडी विपणनको निम्ति समर्पित रहनेछ।
उनले अझ भनिन्, राज्यका सबै प्रमुख शहरहरूमा एक ऐकर जमिन नि:शुल्क रूपमा बिग बजार बनाउन दिइने छ। यी बजारहरूका दुई तला स्वनियोजित समूहहरूका लागि आरक्षित रहनेछ भने अन्य तलाहरूमा दोकान, सामुदायिक हल र सिनेमा हल बनाइने छ। यस परियोजनाको निम्ति टेन्डर प्रक्रिया शुरू गरिने छ। यस योजनाले कोलकाताको विकासका साथै रोजगारको नयॉं अवसर पनि सिर्जना गर्ने उनले बताइन्।