एसडीएम कार्यालयको उद्घाटन लिएर समीक्षा बैठक सम्पन्न

n6450306401735236332864f6878955ed5eb37b644d669f5ed35b70ad6dcf77c37232732c0e8677d00dcc57

गेजिङ: गेजिङ जिल्लाको देन्ताममा प्रस्तावित एसडीएम कार्यालय उद्घाटनलाई लिएर एक समीक्षा बैठक बसेको छ । बैठकको अध्यक्षता पर्यटन विभागका सल्लाहकार एवं विधायक सुदेश कुमार लिम्बूले गरेका थिए।
एसडीएम कार्यालयको उद्घाटन मुख्यमन्त्री प्रेमसिंह तामाङले गर्नेछन्।
बैठकमा देन्तामका एसडीएम, गेजिङका एएसपी, एसडीपीओ, भवन तथा आवास विभागका जेई उपस्थित थिए। बैठकमा विधायक लिम्बूले एसडीएम कार्यालयको निर्माण कार्यको प्रगतिबारे जानकारी लिए। कार्यालयको उद्घाटनलाई लिएर सम्बन्धित विभागहरूलाई विभिन्न जिम्मेवारीहरू दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement