सिक्किमका चित्रकार देव प्रसास राई न्युयोर्कमा

गान्तोक: चेल्सी अंतर्राष्ट्रीय ललितकला प्रतियोगिता अनि प्रदर्शनी, अगोरा गैलरी, चेल्सी, न्यूयोर्कमा अगस्त २३-अगस्त ३०, २०२२ सम्म भएको, वार्षिक ललित कला प्रतियोगिता प्रदर्शनीमा चुनिएका केही कलाकारहरूको एक समूहमा ओभिया आर्ट सर्कल, सिक्किमका एक होनहार प्रतिभाशाली चित्रकार देव प्रसाद राईले भारतबाट आफ्नो कला प्रदर्शन गर्ने अवसर पाएका छन्। सयौंको बीचमा चित्रकार देव प्रसाद राई पनि सम्मानित जुरीहरूद्वारा एक चुनिंदा कलाकारमा परेका छन्। उनको यस उपलब्धिको निम्ति हामी सिक्किमे चित्रकारहरू तथा सिक्किम राज्यकै निम्ति गर्वको कुरा हुन गएकोमा उनलाई बधाई तथा शुभकामना दिदा छौं। उनका दुइवटा चित्रहरू ए लेडी विद हर टिपट र शेड्स अफ ब्लू यस प्रतियोगिता तथा प्रदर्शनीमा प्रदर्शित छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement