गान्तोक: पेलिङ टुरिज्म डेभलोपमेन्ट एसोसिएशन र गेजिङ जिल्ला प्रशासनको संयुक्त पहलमा आयोजित कञ्चनजङघा शितकालिन पर्यटन उत्सवको दोस्रो दिन पेलिङको पीएमश्री सरकारी उच्चत्तर माध्यमिक विद्यालय परिसरमा भव्यरूपमा सम्पन्न भयो। दोस्रो दिनको कार्यक्रममा सीएलसी अध्यक्ष टाशी वाङगेल भोटिया मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथि गंगाप्रसाद दाहाल लगायत अन्यहरू पनि सामेल रहेका थिए। दोस्रो दिनको कार्यक्रममा फुस्टल प्रतियोगिताको पनि आयोजना गरिएको थियो, जसमा पहिलो खेल कार्की कटेजले माम्बा बोयजलाई पराजित गऱ्यो भने दोस्रो खेल एनसीडीएस बनान सिनाल्चु तिक्जुकबीच भएको थियो जसमा एनसीडीएस विजयी बन्यो। सोही प्रकारले तेस्रो खेल मेगपाई बोयज बनाउन फ्रेण्ड सर्कल ए बीच भीडन्त भएको थियो, जसमा मेगपाई बोयजले जित दर्ता गर्न सफल बन्यो। फाइनल खेल ब्रदर हुड एफसी बनाम किशोर ब्रदरबीच सम्पन्न भएको थियो। उक्त खेलमा ब्रदर हुड एफसी विजयी बन्यो।