गान्तोक: तेञ्जिङ दोर्जी डेञ्जोङपाले आजदेखि गेजिङ जिल्लाको जिल्लापालको पदभार सम्हालेका छन्। यसअघि उक्त जिल्लाका जिल्लापालको रूपमा हिस्से डी. योङदाले काम गर्दै आएकी थिइन् भने आज विहान उनले नयाँ जिल्लापाल डेञ्जोङपालाई कार्यालयमा स्वागत जनाउँदै पदभार सुम्पिन्दै उनको कार्यकालको लागि शुभकामना पनि दिएकी छन्। पूर्व जिल्लापाल योङदालाई राज्य चुनाउ आयोगको सचिवको पदमा नियुक्त गरिएको छ भने उनी राज्यको प्रथम महिला अधिकारीको रूपमा तीनवटा जिल्लामा काम गर्दै अमेट छाप छोडेकी छन्। उनले दुई पटक गेजिङ जिल्लामा काम गर्ने अवसर प्राप्त गरेकी थिइन्। उनको कार्यकालमा उल्लेखनीय कामहरू भएको थियो, जसमा आम चुनाउ र पञ्चायत दुवै चुनाव सञ्चालन गर्ने पहिलो महिला जिल्ला जिल्लापाल हुन्। उनको प्रशासनिक उत्कृष्टतालाई उनको करियरको शुरुवातमा मान्यता दिइएको थियो, २००९ मा उपसचिवको पदमा रहँदा उनलाई प्रतिष्ठित राज्य उत्कृष्ट सेवा पुरस्कारबाट सम्मानित गरिएको थियो, जुन एक दुर्लभ सम्मान हो किनभने उनी यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने सबैभन्दा कान्छी अधिकारी हुन् र आजसम्म यो रेकर्ड कायम राखिरहेकी छन्।