क्षयरोग उन्मूलन अभियानबारे बैठक

IMG-20241226-WA0231

गान्तोक: क्षयरोग उन्मूलनलाई लिएर एकसय दिनको अभियानबारे आज सोरेङ जिल्लाका जिल्लापाल धिराज सुवेदीको अध्यक्षतामा एक बैठक सम्पन्न भयो। यस बैठकमा अतिरिक्त जिल्लापाल धिराज सुवेदी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापाल सुवेदीले सरकारद्वारा शुरू गरिएको एकसय दिने क्षयरोग उन्मूलन अभियानको महत्वमाथि जोड दिँदै यस अभियान टोलीलाई एक सय दिने अभियानको उद्देश्यबारे जानकारी गराए। उनले जिल्ला भित्र रहेका क्षयरोगका विषयहरूबारे तथ्याङ्क बुझ्न मन्तव्य व्यक्त गर्दै यस अभियानका टोलीहरूले सहयोग गर्ने आग्रह गरे।
सोही प्रकारले डा. स्मृति राईले अभियानको उद्देश्य र टोली गठन गरिनुको मुख्य उद्देश्यबारे जानकारी गराइन। उनले थप जानकारी गराए अनुसार यस अभियानलाई सफलतापूर्वक सम्पन्न गराउनको निम्ति स्वास्थ्य उप-केन्द्र र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सचेतना कार्यक्रम आयोजना गर्नुपर्नेबारे आग्रह गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement