भूतपूर्व सैनिक संगठनले पालन गर्‍यो २०औं स्थापना दिवस

IMG-20241226-WA0230

गान्तोक: भूतपूर्व सैनिक संगठन असम-लिङ्जेले बिहिवार नाम्‍चेबुङ क्षेत्रमा आफ्नो २०औं स्थापना दिवस मनाएको छ। कार्यक्रममा शिक्षा मन्त्री राजु बस्नेत मुख्य अतिथि रहेका थिए। कार्यक्रममा सरकारी अधिकारीगण, कर्मचारी, पूर्व सैनिक, वीर नारी, भूतपूर्व सैनिकका‌ परिवार लगायत अन्यको उपस्थिति रहेको थियोे। कार्यक्रमको मुख्य आकर्षण एक बहुउद्देश्यीय हल तथा सैनिक आराम घरको लागि शिलान्यास समारोह रहेको थियो। यस अतिरिक्त बनभोजको कार्यक्रम पनि रहेको थियो। नयाँ पूर्वाधारले असम-लिंग्जे क्षेत्रमा सामाजिक कल्याण, शिक्षा र सांस्कृतिक संवर्धनलाई बढावा दिने, सामुदायिक गतिविधिहरूको लागि केन्द्रको रूपमा सेवा गर्ने वाचा गरेको छ। यो महत्वपूर्ण कदमले स्थानीय जनतालाई धेरै फाइदा पुग्ने र यस क्षेत्रको समग्र वृद्धिमा योगदान पुग्ने अपेक्षा मन्त्रीले गरे। भूतपूर्व सैनिकहरूको कार्य योजना र निस्वार्थ सेवालाई मन्त्री बस्नेतले सराहनीय उदाहरण बताए। कार्यक्रमलाई सम्बोधन गर्दै भूतपूर्व सैनिक प्रकोष्टका अध्यक्ष विष्णु शर्माले वर्तमान सरकारमा भूतपूर्व सैनिकहरूको चौतर्फी विकास गर्न मुख्यमन्त्री प्रेमसिंह तामाङले निरन्तर काम गरिरहेको बताए साथै सिक्किमका सम्पूर्ण भूतपूर्व सैनिक तथा भूतपूर्व सैनिकहरूका संगठनहरूलाई एकजुट भएर काम गर्न आव्हान पनि गरेका छन्। अध्यक्ष शर्माले सम्माननीय मुख्य मन्त्रीको परिकल्पना “सुनौलो सिक्किम, समृद्ध सिक्किम र समर्थ सिक्किम” लाई साकार तुल्याउन एकजुट भएर मुख्य भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement