दार्जीलिङ: घूम जोरबंग्लो युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित म्याराडोना मेमोरियल कप फूटबल टुर्नामेण्टमा डाली फूटबल क्लबले फाइनलमा स्थान बनायो। घूम स्कूल ग्राउण्डमा बिहीवार भएको दोस्रो सेमिफाइनल म्याचमा डाली फूटबल क्लबले परिवर्तन खेलकुद संघ, घूमविरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। विजेता टीमबाट प्रशान्त (भाइचुङ) राई ले ह्याट्रिक गरे। यसरी पीकेकेएस बाट म्याक्सवेल र वांगदेन तामाङ ले १-१ गोल गरे। अब २९ दिसम्बरमा खेलिने फाइनलमा डाली फूटबल क्लब र फ्रेण्ड्स क्लब माझ भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।