पाकिस्तानको हवाइ हमलामा अफगानिस्तानमा ४६ जनाको मृत्यु

Fighter-Plane

अफगानिस्तानको तालिबान  सरकारले २४ दिसम्बरको राति पाक्टिकाको बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको जनाएको छ। तीमध्ये अधिकांश महिला र बालबालिका रहेको बताइएको छ। बर्माल जिल्ला दक्षिण वजिरिस्तानको वाना र रज्माक क्षेत्रहरू नजिक छ। तालिबान अधिकारीहरूका अनुसार, आक्रमणले वजिरिस्तानका शरणार्थीहरूलाई लक्षित गरेको थियो। तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले अन्तर्राष्ट्रिय समाचार सञ्चारमाध्यमलाई पाक्टिका प्रान्तका चार क्षेत्रलाई निशाना बनाइएको बताए। तालिबान सरकारका उपप्रवक्ता हमदुल्लाह फित्रातले पनि मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेको बताए। उनले भने, ‘हिजो राति पाक्टिका प्रान्तको बर्माल जिल्लामा चार ठाउँमा बम विष्फोट हुँदा ४६ जनाको ज्यान गएकोमा निकै दुःख लागेको छ। ६ जना घाइते भएका छन्। धेरै घर ध्वस्त भए। मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन्।’ पाक्टिका अस्पतालका एक अधिकारीले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमलाई बताएअनुसार २२ शव र ४६ घाइतेलाई उनीहरूको स्वास्थ्य केन्द्रमा लगिएको छ। तीमध्ये केहीलाई राम्रो उपचारका लागि उत्कृष्ट उपकरणसहितका अस्पतालमा पठाइएको छ। तालिबान सरकारको रक्षा मन्त्रालयबाट जारी गरिएको विज्ञप्तिमा उक्त हमलाको निन्दा गर्दै यसलाई “बर्बर” भनिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानी सेनाको बमबारीले सर्वसाधारणलाई निशाना बनाएको थियो, जसमा अधिकांश वजिरिस्तानका शरणार्थीहरू थिए। आक्रमणमा बालबालिकासहित धेरै सर्वसाधारण मारिएका र घाइते भएका थिए।‘ विज्ञप्तिमा भनिएको छ- ‘अफगानिस्तानको इस्लामिक इमिरेट्स यो क्रूर कार्यलाई सबै अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन भएको विश्वास गर्दछ र यसको कडा निन्दा गर्दछ। पाकिस्तानी पक्षले बुझ्नुपर्छ कि यस्तो मनमानी कारबाही कुनै पनि समस्याको समाधान होइन। इस्लामिक इमिरेट्सले यस क्रूर कार्यको जवाफ दिनेछ। यो आफ्नो भूमि र क्षेत्रको रक्षा गर्नु आफ्नो अधिकार मान्छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement