सड़क दुर्घटनामा एकको मृत्यु, एकजना घाइते

IMG-20241116-WA0021

गाेलाघाट(असम): जिल्लामा राष्ट्रिय राजमार्ग संख्या- ३९ नम्बरस्थित नुमलीगढ़को पोंका प्राथमिक स्वास्थ्य केन्द्र नजिक एउटा बसले मोपेड सवारलाई ठक्कर दिदा मोपेडमा सवार एक व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने अर्को एकजना घाइते भएका छन्।
यो समाचार लेखुञ्जेलसम्म मृतकको सनाखत हुन सकेको थिएन। नुमलीगढ़ पुलिसले घटनास्थलमा पुगेर दुर्घटनाग्रस्त बसलाई नियन्त्रणमा लिएको छ। पुलिसले घाइतेलाई विवेकानन्द सेन्टर एनआरएल अस्पतालमा भर्ती गराएको छ। पुलिसले जाँचबुझ गरेपछि शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ। हाल मृतक र घाइतेको सनाखत हुन सकेको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement