४५०० सय बोतल कफ सिरप र ५  हजार क्याप्सुल बरामद

IMG-20241226-WA0216

सिलगढी: सिलगढी मेट्रोपोलिटन पुलिस र भक्तिनगर पुलिसको विशेष अभियान समूहले बिहीबार दिउँसो सिलगढीको समर नगर क्षेत्रमा छापा मारेको छ। विशेष अपरेशन ग्रुप र भक्तिनगर पुलिस चौकीको यस कारबाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद भएको छ। यस क्षेत्रमा औषधि पसलको आडमा लागुऔषध कारोबार हुने गरेको बताइएको छ।

भक्तिनगर थानाको समरनगर शिमुलगढी क्षेत्रमा रहेको औषधि पसलमा विशेष अपरेशन ग्रुप र भक्तिनगर पुलिस थानाको पुलिसले उक्त कारबाही गरेको हो। पुलिसले कारबाहीका क्रममा औषधि पसलबाट ठूलो परिमाणमा कप सिरप र लागुऔषध बरामद गरेको छ। कफ सिरप र औषधि विभिन्न गन्तव्यमा पुर्‍याउन स्टकमा राखिएको खुलासा भएको छ।

उक्त कारबाहीमा ती ३० कार्टुनमा ४ हजार ५ सय बोतल कफ सिरप र कैयौँ कार्टुनबाट करिब ५ हजार क्याप्सुल बरामद भएको थियो। यो औषधिको बजार मूल्य करिब १० लाख रुपियाँ रहेको छ। यस घटनामा पुलिसले औषधि पसलका सञ्चालक अर्जुन सरकारलाई पक्राउ गरेको छ। अभियुक्तलाई शुक्रबार जलपाईगढी अदालतमा पेश गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement