सिलगढ़ी: उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल (एनबीएमसीएच)-मा एकजना अस्थायी कर्मचारीलाई पक्रिएको विरोधमा बिहीवार त्यहाँको स्थिति तनावग्रस्त रहयो। बिहानदेखिकै कर्मचारीहरूले हड़ताल गरिरहेका कारण अस्पतालको सेवा ठप्प रहयो भने रोगीहरु अलपत्रमा परेका थिए।
जसको कारण सुदूरवर्ती क्षेत्रहरूबाट आएका हजारौं रोगीहरूलाई समस्या भइरहेको छ। आज अपरान्ह प्रदर्शनकारीहरूले अस्पताल अधीक्षकलाई घेरेर प्रदर्शन गरेका थिए। सम्पूर्ण घटनाक्रमले अस्पताल परिसरको अबस्था तात्तिएको छ।
दुई दिनअघि अधीक्षकले मेडिकल पुलिस चौकीमा चोरीको एक घटनामा आरोप लगाएका थिए। आरोपको आधारमा पुलिसले एकजना अस्थायी कर्मचारीलाई पक्राउ गऱ्यो। यसको विरोधमा एनबीएमसीएचका अस्थायी कर्मचारीहरूलेहिजो बुधवारदेखि नै हड़ताल गरिरहेका छन्। क्रिसमसको अवसरमा बुधवार सार्वजनिक बिदा भए पनि बाह्य विभाग बन्द रह्यो, तर यस हड़तालको कारणले हिजो पनि विभिन्न सेवाहरू बन्द रहे।
प्रदर्शनकारीहरूको आरोप छ, पुलिसले नियोजित ढंगमा अस्थायी कर्मचारीलाई चोरीको झूटो आरोपमा पक्राउ गरेको हो। अस्थायी कर्मचारी विजय मल्लिकले भने पक्रिएको कर्मचारी रिहा नगरूञ्जेलसम्म हाम्रो आन्दोलन जारी रहनेछ।
अर्कोतिर अस्पताल अधीक्षक डा. सञ्जय मल्लिकले भने, अस्पतालको एक विभागमा चोरी भएको थियो जसलाई लिएर पुलिसमा लिखित आरोप दर्ता गराइएको थियो। पुलिसले जाँच गरी आरोपीलाई पक्राउ गरेको छ। मलाई केही पनि भन्नु छैन। यदि यस्तै हो भने चोरी, डकैती हुँद पनि कुनै कारबाही गर्न सकिनेछैनl