इम्फाल(मणिपुर): मणिपुर पुलिसले आक्रमणमा संलग्न रहेको आरोपमा दुईजना ब्यक्तिलाई पक्राउ गरेको छ। पुलिसका अनुसार गत २२ दिसम्बरको साँझ दुई अज्ञात युवकले इम्फाल पश्चिम जिल्लाको थंगल बजारस्थित संगाई कन्टिनेन्टल गल्लीमा दुईजना महिला सहित चारजना अज्ञात व्यक्तिहरूमाथि आक्रमण गरेका थिए।
यसै सिलसिलामा उनीहरुलाई पक्राउ गरिएको हो। ती पक्राउ पर्नेहरूमा २९बर्षीय ए. मुतुम मंगल मैतेई र२६ बर्षीय बी. पुखरामबम नोंगपोकनगांबा छन । दुवै उरीपोक खैदेम लेईकाईका बासिन्दा हुन्।उनीहरुलाई कानूनी प्रक्रिया सु रू गरिएको छ।