वीर बाल दिवसमा मुख्यमन्त्रीले गुरू गोविन्द सिंहका सपूतहरूलाई श्रद्धाञ्जलि अर्पण

IMG-20240717-WA0003

गुवाहाटी(असम): वीर बाल दिवसको अवसरमा मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले गुरू गोविन्द सिंहका वीर सपूतहरू : र उनीहरूका मातालाई श्रद्धाञ्जलि दिए। सामाजिक संजालको माध्यमबाट मुख्यमन्त्रीले भने, आज उनी गुरू गोविन्द सिंहजी, उनका सपूतहरू तथा माता गुजरीजीको बलिदानलाई श्रद्धापूर्वक नमन गर्दछन्।
मुख्यमन्त्रीले भने, उनीहरूको अदम्य साहस र बलिदानले धर्म तथा मातृभूमिको रक्षाको अमर उदाहरण प्रस्तुत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा यस दिनलाई ‘वीर बाल दिवस’- को रूपमा मनाउने निर्णय लिइएको छ त्यसले यी सपूतहरूको बलिदानलाई चिरस्मरणीय बनाउँछ। उनले भने, यो दिवसले हामीलाई साहस, त्याग र धर्मनिष्ठाको प्रेरणा दिन्छ जुन भारतीयको साँचो प्रतीक हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement