जलपाईगढी: जलपाईगढी नगरपालिकाद्वारा संचालित स्वास्थ्य केन्द्रमा आज एक्स-रे मशिन उद्घाटन गरियो। यो नयाँ एक्स-रे सेवा जलपाईगढी नगरपालिकाले स्थापना गरेको हो। नगरको कांग्रेसपाडास्थित नगरपालिका स्वास्थ्य केन्द्रमा एक कार्यक्रमका बीच यसको उद्घाटन गरिएको हो। यसै सन्दर्भमा उपसभापति सैकत चट्टोपाध्यायले यस स्वास्थ्य केन्द्रमा आजबाट एक्स–रे सेवा शुरु गरिएको बताए। आगामी दिनमा विभिन्न वार्डका १० वटा केन्द्रमा एक्स–रे सेवा शुरु गरिने छ। कार्यक्रममा पार्षद मनिन्द्र बर्मन लगायत नगरपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
