सिलगढी: विश्व हिन्दू परिषदको दुर्गा वाहिनीले बंगलादेशमा हिन्दूहरूमाथि हुने अत्याचारको विरोधमा आज सिलगढीमा विरोध जुलुस निकाल्यो। बिहीबार विश्व हिन्दू परिषदको दुर्गा वाहिनीका सयौं महिलाहरू सिलगढीको पानीट्यांकीदेखि जंक्शनस्थित रामकृष्ण मैदानमा भेला भए। त्यहाँबाट विरोध जुलुस निकालेर सिलगढीको मुख्य सडक परिक्रमा गरी एसडीओ कार्यालय पुगे।

बंगलादेशमा हिन्दूमाथि हुने अत्याचारको विरोधमा दुर्गा वाहिनीको तर्फबाट एसडीओलाई ज्ञापनपत्र पनि बुझायो। ज्ञापनपत्रमार्फत बंगलादेशमा हिन्दूमाथि हुने दमन रोक्न माग गरिएको छ। साथै सिलगढी र राज्यका अन्य भागमा महिलामाथि हुने दुर्व्यवहार र दुष्कर्मका घटनाहरूको विरोध गर्दै त्यस्ता घटनालाई रोक्न माग गरिएको छ।