२६ वटा भैँसी उद्धार, एकजना पक्राउ

IMG-20241226-WA0183-1-copy

सिलगढी: गोप्य स्रोतबाट प्राप्त जानकारीको आधारमा विधाननगर थानाको पुलिसले सिलगढी विभागीय परिषदअन्तर्गत फाँसीदेवा ब्लकको पश्चिम मदती टोलगेट क्षेत्रमा छापा मारेर २६ वटा भैंसीहरू उद्धार गरेको छl फाँसीदेवा ब्लकको पश्चिम मदती टोलगेट क्षेत्रमा तस्करी भइरहेको थाहा पाएपछि पुलिसले उक्त क्षेत्रमा पुगेर एउटा कन्टेनरलाई रोकेको थियो। कन्टेनरको खोजीका क्रममा भैँसीहरू उद्धार भएको छ। त्यसपछि चालकलाई वैध कागजातहरू देखाउन भनियो, तर चालकले वैध कागजातहरू देखाउन सकेनन्। त्यसपछि पुलिसले कन्टेनरसहित चालकलाई नियन्त्रणमा लिएर पुलिस चौकी लग्यो। पक्रा पर्नेको नाम सानिब राजा बताइएको छ। उनी उत्तर प्रदेशका बासिन्दा हुन्। उक्त कन्टेनरबाट जम्मा २६ वटा भैंसी उद्धार भएको विधाननगर पुलिस थानाको पुलिस स्रोतले जनाएको छ। आरोपीलाई सिलगढी महकुमा अदालतमा पेश गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement