हाजोमा आगलागी हुदा लाखौंको धन माल स्वाहा

IMG-20240717-WA0003

कामरूप(असम): हाजोको उखुरामा गत राती आगलागी हुदा लाखौं रुपियाँको धन माल जलेर नष्ट भएको छ। सो आगलागीमा ठूलो परिमाण धान जलेर खरानी भयो। आगो उखुरा गाउँका किसान मन्सुर अलीको धान खेतबाट सल्केको हो जहाँ काटेर राखिएको धान आगलागीमा स्वाहा भयो।
स्थानीयहरूले आशंका गरेका छन्, केही उपद्रवीहरूले धानमा आगो लगाइदिएको हुनसक्छ। स्थानीय मानिसहरूको सहयोगमा फायर ब्रिगेडको टीमले केही घण्टा पछि मात्र आगोलाई नियन्त्रण गर्न सफल रहे। तर त्यसबेलासम्ममा लाखौं रुपियाँको सम्पत्ति जलेर खरानी भइसकेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement