जलपाईगढी: रानाघाट पुलिस जिल्लाको हंसखली र धन्तला थानाको पुलिसले १५ बंगलादेशीसहित ५ जना एजेन्टलाई पक्राउ गरेको छ। जिल्लाको धनतला र हंसखाली पुलिस चौकीसँगको संयुक्त कारबाहीमा गएराति रानाघाट पुलिसले अवैध घुसपैठ गरेको आरोपमा १५ बंगलादेशी र ५ भारतीय दलाललाई पक्राउ गरेको छ। आरोपितहरु विरुद्ध चार धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ। पुलिसले भारतीय एजेन्टलाई हिरासतमा लिएर सोधपुछ गर्ने भएको छ।
