सिलगढी: सिलगढी पुलिस कमिश्नरेटको पानीट्यांकी चौकीले हाकिमपाडाबाट चोरीको बाइक बरामद गरेको छl यसमा चोरी गर्नेलाई पक्राउ गरेको छ। यही महिनाको १५ तारिख शहरको राजाराम मोहन रोय रोडबाट मोटरसाइकल चोरी भएको थियो। मोटरसाइकल मालिक दीपेश चन्द्रले पानीट्यांकी पुलिस चौकीमा प्राथमिक उजुरी दिएका थिए। त्यसयता पुलिसले यस विषयमा निरन्तर अनुसन्धान गरिरहेको थियो। अन्ततः स्रोतबाट प्राप्त जानकारीका आधारमा पुलिसले उक्त घटनामा हकिम पाराका २४ वर्षीय शुभ्रनिल घोष नाम गरेका व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसले आरोपितलाई उनको घरबाट पक्राउ गरेको छ। पुलिसले मोटरसाइकल बरामद गरेको छ। अब कानुनी कारबाहीपछि पुलिसले मोटरसाइकल मालिकलाई जिम्मा दिने तयारी गरेको छ।