मेलबर्न: अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले मेलबर्नमा बक्सिंग डे टेस्ट म्याचको पहिलो दिन स्टार ब्याटर विराट कोहली र अष्ट्रेलियाई किशोर ब्याटर सेम कोन्स्टासबीच मैदानमा भएको झमेलाको समीक्षा गरेपछि भारतीय क्रिकेटरमाथि म्याच फीसको २० प्रतिशत जरिमाना लगायो। यसको साथै कोहलीको अनुशासनात्मक रेकर्डमा एक डिमेरिट पोइण्ट पनि जोड़ियो। अष्ट्रेलियाको तर्फबाट बिहीवार टेस्ट पदार्पण गर्ने १९ वर्षीय कोन्स्टास र कोहलीबीच मैदानमा झमेला अष्ट्रेलियाई ईनिंग्सको १०औं ओभरमा भयो। त्यस समय कोहलीको कुमले विपक्षी ब्याटर कोन्स्टासलाई धक्का लागेको थियो। त्यस समय कमेण्ट्री गरिरहेका पूर्व अष्ट्रेलियाई कप्तान रिकी पोण्टिंगले कोहलीले जानीबुझी यस्तो गरेको बताएका थिए। रिप्लेमा कोहलीलाई आफ्नो गतिबारे पूरा जानकारी भएको पत्तो लाग्यो कारण त्यस समय कोन्स्टास शीर निहुराएर आफ्नो ग्लभ्स ठीक गरिरहेका थिए अनि अघिल्तिर नहेरेको हुनाले भारतीय ब्याटरसँग ठोक्किएका थिए। खेलको नियमहरूका संरक्षक मेरीलबोर्न क्रिकेट क्लब (एमसीसी) अनुसार, कुनै अन्य खेलाड़ीसँग अनुचित या जानीबुझी शारीरिक सम्पर्क गर्नु लेवल २-को अपराध हो। यो एमसीसी कानूनको अध्याय ४२.१ अस्वीकार्य आचरणअन्तर्गत आउँछ।