खोटाङ: सुमो दुर्घटनामा गम्भीर घाइते भएका खाेटाङकाे केपिलासगढी गाउँपालिका-१ फेदीका ७२ वर्षीय दुर्गाप्रसाद राईको उपचारको क्रममा मृ*त्यु भएको छ।
काठमाण्डूबाट यात्रु लिएर आउँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो केपिलासगढी गाउँपालिका-३ बास्पानीस्थित राँटीमा दुर्घाटना हुँदा गम्भीर घाइते भएका राईको जिल्ला अस्पताल खोटाङमा उपचार गर्नेक्रममा (बुधबार) मृत्यु भएको हो।