यस साल भारतीय खेल जगतमा चर्चा बटुल्ने ५ प्रमुख विवादहरू

photocollage_2024122613348778

नयाँ दिल्ली: साल २०२४ भारतीय खेल जगतको निम्ति केही महत्त्वपूर्णम उपलब्धिहरूका साल रह्यो। जहाँ एकातिर रोहित शर्माको कप्तानीमा भारतीय क्रिकेट टीमले वेष्ट इण्डिज र यूएसए-को आयोजनमा भएको टी२० वर्ल्ड कपमा खिताब जित्यो त्यही अर्कोतिर चेसमा डी गुकेश चीनका डिंग लिरेनलाई पराजित गरी वर्ल्ड च्याम्पियन बने। पेरिस ओलम्पिकमा पनि भारतीय खेलाड़ीहरूले असल प्रदर्शन गरे अनि नीरज चोपड़ाले रजत पदक जिते। यसको साथमा मनु भाकरले पनि शूटिंगमा २ वटा काँस्य पदक जितिन्। यसबीच साल २०२४-मा केही विवाद पनि रह्यो, जसले भारतीय खेल जगतमा हलचल मचायो। साल २०२४-मा भएको ५ प्रमुख विवादहरूः
१) पेरिस ओलम्पिकमा भारतीय महिला पहलवान विनेश फोगाटले चरम निराशाको सामना गर्नु पऱ्यो। उनी स्वर्ण पदकको निम्ति चुनौती दिने स्थितिमा थिइन् तर फाइनलको ठीक अघि १०० ग्राम ओजन अधिक हुँदा उनलाई डिस्क्वालीफाई गरियो। यस फसेलाले पूरा देशमा आक्रोशको माहोल सृष्टि गरेको थियो। फोगाटले कोर्ट अव् अर्बिट्रेशन फर स्पोर्ट्स (सीएएस)-मा अपील पनि गरेकी थिइन्, जसलाई खारेज गरियो। ओलम्पिकमा स्वर्ण पदक जित्ने मौका गुमाएपछि विनेशले खेलबाट सन्न्यासको घोषणा गरिन्।
२) साल २०२४-मा भारतीय फूटबलमा पनि ठूलो विवाद अघि आयो जब अखिल भारतीय फूटबल महासंघ (एआईएफएफ)-ले मुख्य प्रशिक्षक इगोर स्टीमाकलाई बर्खास्त गऱ्यो। फिफा वर्ल्ड कप क्वालीफायर २०२६-को निम्ति अघिल्लो चरणमा स्थान बनाउन नसक्दा एआईएफएफ-ले यस्तो फसेला लिएको थियो। स्टीमाकले पनि महासंघको फसेलाको विरोध गर्दै उनलाई पारिश्रमिक राशिको भुक्तान नगरिएको आरोप लगाएका थिए। एआईएफएफ-ले पछिबाट उनलाई ४ लाख अमेरिकी डलरको रहल रकम भुक्तान गरेको थियो।
३) पेरिस ओलम्पिकमा अझ एउटा विवाद त्यस समय उठ्यो जब भारतीय महिला पहलवान अन्तिम पंघालले नियमहरूको उल्लंघन गरेकोमा स्वदेश फर्किनु परेको थियो। पंघालले खेल गाउँबाट बाहिर जानको निम्ति आफ्नो आधिकारिक कार्ड बहिनीलाई दिएकी थिइन्, जुन नियमहरूको विरोधमा थियो। यसैकारण आयोजकहरूले उनलाई स्वदेश पठाउने फसेला लिए। यसको साथमा उनले यस मामिलामा अनुशासनात्मक कार्वाहीको पनि सामना गर्नु पऱ्यो।
४) बीसीसीआई (भारतीय क्रिकेट कण्ट्रोल बोर्ड)-ले यस सालको शुरुवातमा ईशान किशन र श्रेयस अय्यरलाई आफ्नो केन्द्रीय अनुबन्धबाट बाहिर गऱ्यो। किशनले निजी कारणहरूले गर्दा क्रिकेटबाट ब्रेक लिएका थिए जबकि श्रेयसले फिटनेस सम्बन्धी कारणहरूको तर्क पेश गरी ईंग्ल्याण्डविरुद्ध घरेलु टेस्ट सीरीज खेलेका थिएनन्। यी दुईजनाले अनुशासन भंग गरेको हुनाले बीसीसीआई-ले आफ्नो केन्द्रीय अनुबन्धबा बाहिर गर्ने फसेला लिएको थियो।
५) यस साल आईपीएलको अवधि अझ एउटा विवाद अघि आयो जब लखनऊ सुपर जायण्ट्सका मालिक सञ्जीव गोयंकाले कप्तान केएल राहुललाई एउटा म्याचपछि मैदानमै गाली गरेका थिए। म्याचमा लखनऊ सुपर जायण्ट्सले सनराइजर्स हैदराबादविरुद्ध हारको सामना गर्नु परेको थियो। त्यस हारपछि मैदानमै गोयंका र राहुलबीच तीखो बहस भएको थियो। यसरी मैदानमा राहुललाई अपमान गर्दा प्रशंसकहरूले गोयंकाको आलोचना पनि गरेका थिए। यी समस्त विवादहरूले भारतीय खेल जगतमा चर्चा बटुले पनि भारतीय खेलाड़ीहरूले आफ्नो कठोर मेहनत र प्रदर्शनद्वारा धेरै उपलब्धिहरू पनि हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement