नयाँ दिल्ली: गाबामा अष्ट्रेलियाविरुद्ध तेस्रो टेस्ट म्याचपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने रविचन्द्रन अश्विनले चाखलाग्दो सफाई दिएका छन्। टेस्ट क्रिकेटमा भारतको तर्फबाट दोस्रो सर्वाधिक विकेट लिने बलरले सन्न्यास लिने फसेला गर्न अघि अष्ट्रेलियाविरुद्ध जारी सीरीजमा केवल एउटा म्याच खेलेका थिए। अश्विनलाई पर्थमा खेलिएको पहिलो टेस्टबाट बाहिर राखिएको थियो, जहाँ वाशिंगटन सुन्दरलाई एकमात्र स्पिनरको रूपमा प्राथमिकता दिइएको थियो। त्यसपछि अश्विनले एडिलेडमा डे-नाइट टेस्ट म्याच खेलेका थिए तर ब्रिसबेनमा खेलिएको तेस्रो टेस्ट म्याचमा फेरि उनको स्थानमा रविन्द्र जडेजालाई खेलाइएको थियो। भारतीय कप्तान रोहित शर्माले टीमका शीर्ष स्पिनरको सन्न्यासमाथि टिप्पणी गर्दै अश्विनले पर्थमा खेलिएको पहिलो टेस्ट म्याचदेखि नै सन्न्यासबारे विचार गरिरहेको अनि दोस्रो टेस्ट म्याचमा खेल्नको निम्ति उनलाई फकाउनु परेको थियो भन्ने बयान दिएका थिए। यसबीच देशका महान अलराउण्डर कपिल देव चाहिँ अश्विनला्ई टीमबाट बाहिर गरिएको घटनाक्रमसँग निराश छन्। उनले अश्विन असल विदाईको हकदार थिए बन्ने बयान दिएका छन्। भारतको निम्ति १०६ वटा टेस्ट म्याच खेल्ने अनुभवी स्पिनरले चाहिँ त्यस्तो कुनै आवश्यता (विदाई म्याच)-लाई नकारेका छन्। अश्विनले उनलाई यस्तो प्रथामा विश्वास नरहेको अनि यो सुपर सेलिब्रिटी संस्कृतिको हिस्सा हो भन्ने बताए। अश्विनले भने, मेरो विचारमा भव्य विदाई गलत हो। मेरो विचारमा तपाईंले कसैलाई पनि भव्य विदाई समारोह दिनु पर्छ जस्तो लाग्दैन। मेरो निम्ति आँशु केवल एउटा पानीको थोपा हो। मेरो विचारमा भव्य विदाई एउटा सुपर सेलिब्रिटी संस्कृतिको हिस्सा मात्र हो।
अश्विनले यसको साथमा उनलाई कुनै पछुतो नरहेको अनि आफ्नो यस फसेलाको निम्ति कसैलाई दोषी ठहऱ्याउनु गल्ती हुने बताए। २०११ वर्ल्ड कप विजेता टीमका सदस्य अश्विनले भने, मलाई कुनै पछुतो छैन। आफ्नो ५३७ विकेटसँग पनि खुशी नभए केसँग खुशी हुने? मसँग दुखी हुने कुनै कारण नै छैन। स्वीकृतिमा ठूलो आनन्द छ। तपाईं त्यस कुराको पीछा गर्नु हुन्छ जुन तपाईंसँग छैन तर त्यो चीज हासिल भएन भन्दैमा पछुतो पनि गर्नु हुँदैन। मलाई आफ्नो जीवनसँग कुनै नालिश छैन। मैले आफ्नो जीवनको एउटा हिस्सा छोड़िसकेको छु तर अर्को ठूलो हिस्सा मअघि रहेको छ। म क्रिकेटमाथि कुरा गर्न सक्छु, म यूट्यूब गर्छु अनि मलाई कोचिंग पनि मन पर्छ। म क्रिकेटलाई आफू वरिपरि राखेर खुशी रहन सक्छु। मलाई कुनै पछुतो या कसैमाथि रिस छैन। म अलिकति पनि रोईन। मलाई मेरो सन्न्यासको निम्ति अरू कोई जिम्मेवार छन् जस्तो लाग्दैन।