कञ्चनजङ्घा विन्टर टुरिज्म फेस्टिवल २०२४ शुरू

डाउनलोड करें

गेजिङ(सिक्किम): पेलिङ खेल मैदानमा आजदेखि कञ्चनजङ्घा विन्टर टुरिज्म फेस्टिवल २०२४ शुरू भएको छ। पेलिङ पर्यटन विकास संघले जिल्ला प्रशासनको सहकार्यमा आयोजना गरेको पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा आज भवन तथा आवास विभागका मन्त्री भीमहाङ लिम्बू सहभागी बने।
महोत्सवका मुख्य संरक्षक समेत रहेका मन्त्री लिम्बूले महोत्सवमा लगाइएका विभिन्न स्टलहरूको भ्रमण गरे। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको निर्देशनमा पर्यटन क्षेत्रमा राज्य सरकारको बहुआयामिक दृष्टिकोणबारे जानकारी दिँदै पर्यटन क्षेत्रको उत्थानका लागि सरकारले गरेका विभिन्न पहलहरूको बारेमा जानकारी गराए।
यस अवसरमा फुटसल म्याच पनि आयोजना गरिएको थियो। आज कुल चारवटा म्याच सम्पन्न भयो, जसमा डीएफए दराप एफसी, फ्रेन्ड सर्कल बी, सिन्द्राबुङ एफसी र पेलिङ एफसी विजय बनेका छन्। कार्यक्रममा नेपाली, भोटिया, लेप्चा र लिम्बू नृत्यहरू प्रस्तुत गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement