गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले क्रिसमसको शुभ अवसरमा सुन्दर राज्य सिक्किमका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्री तामाङले आफ्नो सन्देशमा भनेका छन्, ‘क्रिसमस प्रेम, करुणा र एकताको समय हो, एक मौसम जसले हामीलाई शान्ति र सद्भावनाको विश्वव्यापी सन्देशको सम्झना दिलाउँछ।
यो चाड मनाउन आफ्नो परिवार र समुदायसँग एकजुट बन्ने क्रममा हामी क्षमा, उदारता र सद्भावको मूल्यहरूलाई अंगालौं जुन यस दिनको प्रतीक हो। यो प्रभु ख्रीष्टका शिक्षाहरूमा चिन्तन गर्ने समय हो, जसले मानवतालाई नि:स्वार्थ प्रेम र आशाको सन्देशको साथ प्रेरित गर्नुभयो।’
मुख्यमन्त्रीले सिक्किमलाई परिभाषित गर्ने सद्भाव, सम्मान र समझदारीको बन्धन कायम राख्ने हाम्रो प्रतिबद्धतालाई नवीकरण गरौं भनी आह्वान गरेका छन्। उनले यस अवसरमा समाजको हितमा अथक परिश्रम गर्ने र अरूको सेवामा आफूलाई समर्पित गर्ने सबै व्यक्तिहरूप्रति कृतज्ञता व्यक्त गरेका छन्। यो चाडपर्वले सबैको मन र घरमा खुशी लिएर आओस् भनी मुख्यमन्त्रीले कामना पनि गरेका छन्।