क्याप सिक्किमले दिए क्रिसमसको हार्दिक शुभकामना

sentinelassam-english_2024-03_5240f6c7-2e2d-4de2-b461-31c59ed40e3c_images___2024_03_28T124243_126

गान्तोक: सिजिटन एक्सन पार्टी(क्याप) सिक्किमका अध्यक्ष गणेश राईले प्रेम, शान्ति र मानवताको प्रतीक ‘क्रिसमस’ पर्वको पावन अवसरमा सम्पूर्ण सिक्किमवासीलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
अध्यक्ष राईले मंगलवार जारी आफ्नो सन्देशमा भनेका छन्, ‘किसमसले हामीलाई सहिष्णुता, एकता र परोपकारको सन्देश दिन्छ। प्रभु येशू ख्रीष्टको बलिदान र शिक्षाले मानवजातिलाई सधैं सहानुभूति, दया र सत्यताको मार्गमा अघि बढ्न प्रेरणा दिएको छ। यस पवित्र पर्वले सिक्किमको सांस्कृतिक एकता, सामाजिक सद्भाव र समृद्ध भविष्यलाई अझ बलियो बनाउन प्रेरणा मिलोस् भन्ने कामना गर्दछु।’
क्याप सिक्किमले सिक्किमजस्तो विविधतामा एकता भएका हाम्रो समाजमा क्रिसमस जस्ता पर्वहरूले समग्र मानवताको बीचमा भाइचारा र सहकार्यको भावना अझ प्रगाढ बनाउँछ भन्न विश्वास गर्दछ भनी बताएको छ। प्रभु येशूको आशीर्वादले हरेक सिक्किमेको घरमा सुख, शान्ति र समृद्धि लिएर आओस् भनी उनले कामना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement