गान्तोक: पूर्व मुख्यमन्त्री तथा एसडीएफ अध्यक्ष पवन चामलिङले राज्यवासीहरू, विशेषरूपमा राज्यको क्रिश्चयन समुदायमा क्रिसमसको हार्दिक शुभकामना व्यक्त गरेका छन्।
पवन चामलिङले आज जारी आफ्नो सन्देशमा येशू ख्रीष्टले संसारमा प्रेम, शान्ति, क्षमा र आशाको गहिरो सन्देश ल्याएको बताएका छन्।
यस दिनले सिक्किमे जनतामा सद्भाव, खुशी र नवीकृत शक्ति लिएर आओस् भनी उनले कामना गरेका छन्।
एसडीएफ अध्यक्षले सबै जनतामा एकता र सद्भाव फैलाउँदै उहॉंको शान्ति र भाइचाराको सन्देश लिएर जाऔं भनेका छन्। उनले सिक्किमका जनतालाई प्रेम, न्यानोपन र ईश्वरीय आशीर्वादले भरिएको क्रिसमसको शुभकामना व्यक्त गरेका छन्।










