गान्तोक: तादोङस्थित सहकारी भवनमा आयोजित कार्यक्रममा सिक्किम सरकारका सहकारी विभागीय मन्त्री अरुण उप्रेतीले बहुउद्देश्यीय पीएसीएस, दुग्ध तथा मत्स्यपालन सहकारी संस्थाहरुको उद्घाटन गरे। भारत सरकारको सहकारिता मन्त्रालयअन्तर्गतको १० हजार बहुउद्देश्यीय पीएसीएस, दुग्ध तथा मत्स्यपालन सहकारी संस्थाअन्तर्गत आज गान्तोकको तादोङस्थित सहकारी भवनको सम्मेलन कक्षमा उद्घाटन भएको हो। राज्य सरकारका शहरी विकास विभाग तथा सहकारिता विभागका मन्त्री उप्रेतीले सिक्किमको ग्रामीण क्षेत्रहरूमा सहकारी आन्दोलनलाई बलियो बनाउने कार्यलाई रफ्तार दिएका थिए। पहलको उद्देश्य सहकारी संस्थाहरूमार्फत आर्थिक क्षमता प्रवर्द्धन गर्ने र कृषक, दुग्ध र मत्स्यपालन उत्पादकहरूलाई सशक्त बनाउने हो। सहकारी मन्त्रालयले पारदर्शिता, जवाफदेहिता र प्रभावकारी व्यवस्थापनमा केन्द्रित भएर नयाँ बहुउद्देश्यीय पीएसीएस, दुग्ध तथा मत्स्यपालन सहकारीलाई पुनरुत्थान र स्थापना गर्न अथक प्रयास गरिरहेको बताइएको छ। संस्थाले सिक्किम राज्यमा आफ्ना सदस्यहरूलाई क्रेडिट सुविधा, इनपुट सेवाहरू र बजारीकरणमा समर्थन सहित आवश्यक सेवाहरू प्रदान गर्नेछन्। सहकारी आन्दोलनलाई गहिरो बनाउने सरकारको प्रयासको एक भागको रूपमा यी नयाँ समाजहरूलाई राष्ट्रिय स्तरका महासंघहरूसँग जोडिनेछ। जसले सिक्किममा राम्रो बजार, ऋण र सेवाहरू पूरा गर्न सक्षम पार्नेछ। यसले नयाँ रोजगारीका अवसरहरू सिर्जना गर्ने, ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने र कृषक र ग्रामीण जनताको जीवनको समग्र गुणस्तर सुधार गर्नेछ। मन्त्री उप्रेतीले यस महत्त्वपूर्ण अवसरको एक हिस्सा हुन पाउँदा सम्मानित बनेको बताउँदै सिक्किमका मानिसहरूको जीवनमा यी सहकारी संस्थाहरूको सकारात्मक प्रभाव हेर्न आफू तत्पर रहेको जनाएका छन्। यो कार्यक्रम मुख्य रूपमा दिल्लीमा आयोजन गरिएको थियो भने गृहमन्त्री अमित शाहले सम्बोधन गरेका थिए। गृहमन्त्री अमित शाहको गतिशील नेतृत्व र सिक्किमका सम्माननीय मुख्यमन्त्री प्रेमसिंह तामाङको दुरदर्शी नीतिहरूको सहयोगमा संस्थाहरूलाई पारदर्शिता, जवाफदेहिता, र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिँदै निर्धारण गरिएको छ। ग्रामीण विकासमा मुख्यमन्त्री तामाङको दृढ प्रतिबद्धताले सिक्किममा सहकारीहरूको वृद्धि हुने वातावरण सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको उल्लेखनीय छ। मन्त्री उप्रेतीले सहकारी संस्थाहरू, केन्द्रीय सरकार र सिक्किम सरकारको नेतृत्वद्वारा प्रायोजित प्रगति र समृद्धिको नयाँ युगको आरम्भ गर्ने र यसले यहाँका जनतालाई लाभ पुर्याउनका साथै राष्ट्रको ग्रामीण विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन्।