गाङग्यापमा नामअल नामसुङ महोत्सव समारोहको आयोजना

IMG-20241225-WA0252

गान्तोक: पश्चिम सिक्किमको योक्सम-टाशिडिङ समष्टिअन्तर्गत गाङग्यापमा नामअल नामसुङ महोत्सव समारोह आजदेखि शुरु भयो। समारोहमा विभिन्न समुदायका सांस्कृतिक प्रदर्शनी र फुटसल प्रतियोगिता सामेल गरिएको थियो। चौथो दिनको कार्यक्रममा मानेबोङ-देन्ताम निर्वाचन क्षेत्रका विधायक तथा पर्यटन तथा नागरिक उड्डयन विभागका सल्लाहकार सुदेश कुमार लिम्बू प्रमुख अतिथिको रूपमा उपस्थित थिए। यस अवसरमा जिल्ला पञ्चायत उपाध्यक्ष अनिता राई महकुमा अधिकारी सीएस सुब्बा, पूर्व विधानसभा उपाध्यक्ष साङ्गे लेप्चा, जिल्ला पञ्चायत सदस्यहरु, सरकारी अधिकारीहरू, ग्राम पञ्चायत सदस्यहरू र स्थानीय मानिसहरु उपस्थित थिए। मुख्य अतिथि सुब्बाले लेप्चा समुदाय र स्व-सहायता समूहहरूद्वारा स्थापित सांस्कृतिक स्टलहरूको अवलोकन गर्दै परम्परागत शिल्प, स्थानीय खाद्य वस्तुहरू र जनजातीय उत्पादनहरूको जानकारी लिएका थिए। आफ्नो सम्बोधनमा लिम्बूले लेप्चा समुदायलाई यस पवित्र पर्वको अवसरमा शुभकामना दिए। उनले नामअल नामसुङ महोत्सवमार्फत सांस्कृतिक परम्पराहरूको संरक्षणमा गरेको पहलमा प्रशंसा गरे। उनले योक्सोम-टाशिडिङ निर्वाचन क्षेत्रको पर्यटन सम्भावनाको उल्लेख गर्दै युनेस्को विश्व सम्पदा स्थल कञ्चनजङ्घा राष्ट्रिय निकुञ्जसँग यसको निकटता र ग्रामीण र साहसिक पर्यटनको लागि यसको महत्वबारे प्रकास पारे। उनले राज्यमा पूर्वाधार र उद्यमशीलतालाई बढावा दिन राज्य पर्यटन विभागद्वारा सञ्चालित विकास परियोजनाहरूबारेमा पनि उल्लेख गरे। सुब्बाले स्थानीयहरूलाई दिगो पर्यटन प्रवर्द्धन गर्न यस्ता पहलहरूमा सक्रिय रूपमा भाग लिन प्रोत्साहित गरे। उनले स्थानीय उद्यमीहरू र शिक्षित युवाहरूलाई होमस्टे, पर्यटन परियोजनाहरू र स्वरोजगारका अवसरहरूलाई सहयोग गर्न सरकारी योजनाहरू तयार गरिएको जानकारी गराए। यसअवसरमा टर्बु लेप्चा मेमोरियल फुटसल प्रतियोगिता सञ्चालन गरिएको छ। आज चौथो दिनको कार्यक्रममा पाँच खेलहरू खेलिएका थिए। प्रतियोगितामा राज्यभरिका ५६ टोलीले भाग लिइरहेका छन्। यसबीच विभिन्न जातीय कलाकारहरुले सांस्कृतिक प्रस्तुति दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement