गान्तोक: मंगन जिल्लामा सञ्चालित गैर सरकारी संस्था आत्माको पहलमा हिजो रेफोम बुल कम्पलेक्स परिसरमा हिउँदे फसलबारे एक प्रदर्शनी कार्यक्रम सम्पन्न भयो। मङ्गन जिल्लाका विभिन्न जिल्ला दूध उत्पादक संघक साथै उत्पादक किसानहरू र एनडीएमयू बोर्डकी सदस्य साङ डोमा लेप्चा लगायत अन्यहरू मिलेर अधिक उत्पादनशील हिउँदे चारा बालीहरू अर्थात् ओट बीउ (केन्ट प्रजाति) बारे प्रदर्शनी गरे। विशेष गरी हिउँदमा बीउको अभाव पूरा गर्न कृषि तथा पशुपालन विभागले प्रदान गऱ्यो। यस्ता अधिक उत्पादनशील हिउँदे बीउ प्रजातिहरूले राम्रो उत्पादनको लागि दुग्ध जनावरहरूको लागि आवश्यक पोषण आवश्यकताहरू प्रदान गर्दछन्। मौसमको उपलब्ध अनुसार बीउ प्रयोग गरेर साइलेज बनाउनेबारे जानकारी पनि किसानहरूलाई साझा गरिएको थियो।