राजधानीमा सोनाम लोछारलाई लिएर पहिलो समन्वय बैठक

IMG-20241225-WA0249

गान्तोक: राज्यस्तरीय सोनाम लोछार २०२५ आयोजनलाई लिएर राज्यस्तरीय उत्सव समितिको पहिलो समन्वय बैठक बस्यो। बैठक आज गान्तोकको एक होटलमा विधायक आदित्य गोलेको अध्यक्षता सम्पन्न भयो। बैठकमा पूर्व विधायक फरवन्ती तामाङ, मुख्यमन्त्रीका प्रेस सचिव योगन तामाङ, गान्तोक नगर निगमका पार्षदहरु, संस्कृति विभागीय सचिव बसन्त कुमार लामा, पूर्व सल्लाहकार कमल तामाङ, अन्तर्राष्ट्रिय तामाङ कल्याण संघका पूर्व अध्यक्ष केएम तामाङ, पूर्व अध्यक्ष टाशी तामाङ, सामाजिक कार्यकर्ता एसबी मोक्तान, आनन्द लामा कल्पना मोक्तान, पेमा तामाङ र सबै ६ जिल्लाका तामाङ समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो। बैठकमा राज्यस्तरीय कोर कार्यकारी समिति, जिल्ला समिति र विभिन्न उप-समितिहरू सहित सोनाम लोछार उत्सव समिति २०२५ गठनमा गरियो। विधायक गोलेले सोनाम लोछार मनाउने सांस्कृतिक महत्त्वमा जोड दिँदै राज्यभरिका तामाङ समुदायको सक्रिय सहभागितालाई प्रोत्साहित गरे। उनले कार्यक्रमको सफलता सुनिश्चित गर्न आवश्यक सामूहिक प्रयास र योगदानको बारेमा पनि प्रकाश पारे। उपस्थित महानुभावहरूले उत्सवको लागि आवश्यक प्रमुख जिम्मेवारीहरू र संगठनात्मक संरचनाहरूलाई सम्बोधन गर्दै आफ्नो विचार राखेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement