दार्जीलिङ: दार्जीलिङ नजिक लोधोमामा जारी शहीद दिवाकर राई स्मृति नक्आउट विण्टर कप फूटबल टुर्नामेण्टमा युनाइटेड फ्रेण्ड्स (सोम्बारिया)-ले फाइनलमा स्थान बनायो । नव संगम क्लब, लोधोमाको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत स्थानीय मैदानमा बुधवार खेलिएको दोस्रो सेमिफाइनल म्याचमा युनाइटेड फ्रेण्ड्स (सोम्बारिया)-ले वाई.वाई. पाँचथर (नेपाल) विरुद्ध ३-२-ले जीत हासिल गऱ्यो। म्याचमा एक समय २ गोलले पछि रहे पनि युनाइटेड फ्रेण्ड्स ले असाधारण पुनरागमन गर्दै म्याच जित्यो । विजेता टीमबाट अनुराग छेत्री ले ३०औं र ४६औं मिनटमा २ गोल गरे। यसबाहेक रोहित गुरुङ ले ५६औं मिनटमा गोल गरे। यसरी वाई.वाई. पाँचथरबाट हरि मंगर ले २४औं र आशिष चापागाईं ले २९औं मिनटमा गोल गरे। अनुराग छेत्री ले प्लेयर अव् द म्याच-को पुरस्कार जिते। अब ३१ दिसम्बरमा खेलिने फाइनलमा युनाइटेड फ्रेण्ड्स (सोम्बारिया) र फ्यूचर स्टार स्पोर्टिंग क्लब (जोरथांग, सिक्किम) बीच भिड़न्त हुनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथ ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथ २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।