कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जी उपभोक्ता मामिला राज्यमन्त्री श्रीकान्त महतोसँग रिसाइन् र क्याबिनेट बैठकमा आलोचना गरिन् अनि अभिनेत्री जुन मालियाबाट माफी माग्न लगाइन्। तीन दिनअघि एउटा भिडियो भाइरल भएको थियो जसमा राज्य मन्त्री श्रीकान्त महतोले आपत्तिजनक वक्तव्य जारि गरेका थिएl श्रीकान्त महतोको भनाइ भाइरल भएपछि त्यहाँ हंगामा मच्चिएको थियो। पार्टीले उनलाई तत्काल कारबाही गर्दै कारण देखाउ नोटिस जारी गरेको थियो। त्यसपछि मन्त्रीले माफी मागेका थिए, तर बुधबारको मन्त्री परिषद्को बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले मन्त्रीलाई कडासित हप्काउँदै जुन मालियासित माफी माग्न आदेश दिइन्। बुधबार दिउँसो राज्य सचिवालय नवान्नमा बसेको मन्त्री परिषद्को बैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले श्रीकान्त महतोलाई जुन मालियाको टिप्पणीका लागि बिना शर्त माफी माग्न निर्देशन दिइन्। उनले मन्त्री श्रीकान्तलाई जुन मालिया उनीभन्दा सानो भएको बताइन्।